काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गराउन दायर गरिएको बन्दी प्रत्यक्षीकरण निवेदन सर्वोच्च अदालतले अस्वीकार गरेको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार सुनुवाइ गर्दै लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश कानुनसम्मत भएको ठहर गर्दै निवेदन खारेज गरेको हो।
24 May 2025