विश्व निर्माण क्षेत्रमा क्रान्ति ल्याउने नयाँ सामग्री: GFRP

aakashbani.com

काठमाडौं, साउन १३ – निर्माण क्षेत्रमा नयाँ प्रविधिको विकासले अब भवन निर्माण, पूर्वाधार विस्तार र सम्पूर्ण निर्माण कार्यलाई अझ दिगो, हल्का र सस्तो बनाउन सक्नेछ। ग्लास फाइबर रिइन्फोर्स्ड पोलिमर (GFRP) नामक नयाँ सामग्री विश्वभर ध्यानको केन्द्र बनेको छ।

यो सामग्री फलामभन्दा चार गुणा हल्का, स्टिलभन्दा दुई गुणा बढी तन्य शक्ति भएको, खिया नलाग्ने, बिजुली नचल्ने र निर्माण लागतमा करिब ३० प्रतिशतसम्म सस्तो हुने विशेषता बोकेको छ। 

हाल यो प्रविधि छाना, स्तम्भ, सतह स्ल्याब, भुइँ, ग्यारेज, बन्दरगाह तथा समुद्री वातावरणमा सफलतापूर्वक प्रयोग भइरहेको छ। GFRP को प्रयोगबाट १३० केजी फाइबरले नै एक टन स्टिललाई प्रतिस्थापन गर्न सक्ने जनाइएको छ।

यो प्रविधिले अन्तर्राष्ट्रिय स्तरका प्रमाणीकरण र भवन अनुसन्धान केन्द्रको अनुमोदन समेत प्राप्त गरिसकेको छ। विज्ञहरूले यो सामग्रीलाई भविष्यको दिगो, बलियो र कम लागतमा निर्माण गर्ने उत्कृष्ट विकल्पका रूपमा हेरेका छन्।

विशेषज्ञहरूका अनुसार, यस्तो प्रविधिको प्रयोगले भविष्यमा ठूला संरचना, पुल, भवन तथा पूर्वाधार परियोजनाहरूलाई सुरक्षित, वातावरणमैत्री र खर्च किफायती बनाउने विश्वास गरिएको छ।

समाचार स्रोतः Jehu Nwaogbe को फेसबुक वालबाट

प्रतिक्रिया