टर्किस एयरलाइन्सको जहाजमा त्रिभुवन विमानस्थलबाट उड्नासाथ आगो

aakashbani.com

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाजको दायाँ इन्जिनमा आगो लागेको छ। बुधबार अपराह्न १:३९ बजे उडेको जहाज उड्नासाथ पाइलटले विमानस्थलको एयर ट्राफिक कन्ट्रोलरलाई आपतकालीन अवस्था निम्तिएको रिपोर्ट गरेको थियो। पाइलटले आगो लागेको इन्जिन बन्द गरेपछि जहाजलाई धादिङको धार्केमाथिको आकाशमा ८ मिनेट होल्ड गरिएको थियो। त्यसपछि जहाजलाई भारतको कोलकत्तामा डाइभर्ट गरिएको थियो, जहाँ अपराह्न ३:०३ बजे सकुशल अवतरण भएको छ। जहाजमा २२५ जना यात्रु र चालक दलका ११ सदस्य गरी २३६ जना सवार थिए, सबै सुरक्षित छन् ।

प्रतिक्रिया