जेनजी आन्दोलनका क्रममा १३ जनाको मृत्यु स्थिति नियन्त्रण बाहिर

aakashbani.com

२३ भदौ, काठमाडौं । काठमाडौंमा जारी जेनजीहरूको प्रदर्शनका क्रममा हालसम्म १३ जनाको मृत्यु भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालहरूमा दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको छ।

मृतकहरू निम्न अस्पतालहरूमा उपचाररत थिए:

- ट्रमा सेन्टरमा ६ जना

- सिभिल अस्पतालमा २ जना

- केएमसी अस्पतालमा १ जना

- त्रिवि शिक्षण अस्पतालमा १ जना

- एभरेष्ट अस्पतालमा ३ जना

घटनामा घाइते भएका व्यक्तिहरूको यकिन विवरण भने हालसम्म प्राप्त भएको छैन। स्थिति गम्भीर रहेको भन्दै सम्बन्धित निकायहरूले थप जानकारी संकलन गरिरहेका छन्।

अधिक जानकारीका लागि हामी आगामी बुलेटिनमा अपडेट दिनेछौं।


प्रतिक्रिया