न्यूयार्कः अल्जाइमरजस्तो गम्भीर स्मृति–सम्बन्धी रोगको उपचार खोज्ने क्रममा नयाँ आशाजनक उपलब्धि भएको छ। संयुक्त राज्य अमेरिकाको न्यू मेक्सिको विश्वविद्यालयका वैज्ञानिकहरूले मस्तिष्कभित्र हुने विषालु ‘टाउ प्रोटिन’ विरुद्ध लक्षित एक नयाँ खोप विकास गरेका छन्।
अन्य उपचारहरू प्रायः लक्षण व्यवस्थापनमा सीमित हुने भए पनि यो नयाँ खोपले प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाई हानिकारक टाउ प्रोटिनहरू हटाउन प्रशिक्षण दिन्छ। जनावरमा गरिएको प्रारम्भिक परीक्षणहरूमा यस खोपले टाउको थुप्रो कम गर्नुका साथै मस्तिष्क कोषहरूलाई क्षतिबाट जोगाउने प्रभावकारी संकेत देखाएको वैज्ञानिकहरूको भनाइ छ।
वैज्ञानिकहरू हाल मानवमा प्रयोग गर्न आवश्यक प्रक्रिया पूरा गर्दैछन्। यदि आगामी मानव परीक्षणहरू सफल भएमा, यो खोपले अल्जाइमर रोगको रोकथाम वा नियन्त्रणमा एक ऐतिहासिक सफलता ल्याउने विश्वास गरिएको छ।
यो प्रगति स्मृतिमा असर गर्ने रोगहरू विरुद्धको लडाइँमा निर्णायक मोड सावित हुनसक्ने विज्ञहरूको भनाइ छ।
स्रोतः Dr. Pranav Sharma