बजेटमा कर बढ्ने आशंका: चोभार सुख्खा बन्दरगाहमा विद्युतीय गाडीको चाप बढ्दै

aakashbani.com


काठमाडौं — आगामी आर्थिक वर्षका लागि सरकार बजेट निर्माणको तयारीमा व्यस्त छ। यही बजेटमा विद्युतीय गाडीमा कर बढ्न सक्ने आँकलनपछि व्यवसायीहरूले उत्तरी नाकाबाट भित्राइएका गाडी चोभार सुख्खा बन्दरगाहमा थुपार्न थालेका छन्।

वैशाख महिनामा मात्रै सबै नाकाबाट १,८९२ वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन्। तीमध्ये १,०५० गाडी चोभार सुख्खा बन्दरगाहमा शुक्रबारसम्म जम्मा भएका छन्। 

तातोपानी र रसुवागढी नाकाबाट भित्रिएका गाडीहरू भन्सार प्रक्रिया पूरा गर्न चोभारमा ल्याइएका हुन्। यार्डभित्र रहेका गाडीहरू भन्सार पासको प्रक्रिया पूरा गर्ने क्रममा छन् भने बाहिर पार्क गरिएका गाडीहरू पास भइसकेका छन्।

व्यवसायीहरूका अनुसार गत वर्ष पनि बजेट आउनुअघि ठूलो संख्यामा गाडी भित्राइएको थियो। यस वर्ष पनि त्यही दोहोरिन सक्ने आकलन गर्दै गाडी आयात तीव्र रूपमा जारी रहेको छ। 

उत्तरी नाकाबाट अझै पनि दैनिक दर्जनौं गाडी छुटिरहेका छन्, जसले चोभार यार्डमा चाप बढाएको छ। यदि बजेटमा कर बढाइयो भने यिनै गाडीहरू व्यवसायीहरूका लागि 'सेभिङ' हुनेछन्।

संक्षेपमा:

- वैशाखमा १,८९२ ईभी गाडी आयात

- चोभारमा मात्रै १,०५० गाडी थुप्रिएका

- कर बढ्ने डरले गाडी धाधाधम भित्रिँदै

- भन्सार पासको लागि चोभार यार्डमा भीड

सरकारले आगामी बजेटमार्फत विद्युतीय सवारीमा कर संरचना परिवर्तन गर्ने संकेत दिँदा बजारमा आयातमा अचानक तीव्रता आएको देखिन्छ।

प्रतिक्रिया