तीन परमाणु केन्द्रमा अमेरिकाको आक्रमण, इरानको प्रतिक्रिया : तनाव चुलिंदो

aakashbani.com


काठमाडौं, असार ८ -  अमेरिकाले इरानका तीन प्रमुख परमाणु केन्द्रमा आक्रमण गरेको पुष्टि भएको छ। इरानी अधिकारीहरूका अनुसार इस्फहान, नटान्ज र फोर्डोस्थित आणविक स्थलहरू अमेरिकाको लक्षित हवाई आक्रमणको निशानामा परेका हुन्।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणको सफलताको दाबी गर्दै “इरानका आणविक पूर्वाधारमाथि निर्णायक प्रहार भएको” बताएका छन्।

बीबीसीका अनुसार इस्फहानका उपगभर्नर अकबर सालेहीले इस्फहान र नटान्ज क्षेत्रमा आक्रमणका दृश्य देखिएको जनाएका छन्। उनले सुरक्षा संयन्त्रले आक्रमणको सामना गरिरहेको र गम्भीर क्षति नभएको बताएका छन्।

इरानको सरकारी टेलिभिजनमा उपराजनीतिक निर्देशक हसन अबेदिनीले भने, “यी तीन स्थानमा केही समयअघि नै संवेदनशील सामग्री हटाइएको थियो, जसले ठूलाे क्षति हुनबाट जोगाएको छ।” 

कुम क्षेत्रको संकट व्यवस्थापन केन्द्रले जनाएको छ कि केही घण्टा अघि फोर्डो नजिक कुममा रहेको हवाई रक्षा प्रणाली सक्रिय भएपछि आक्रमणकारी ड्रोनमार्फत फोर्डो आणविक केन्द्रको एक भागलाई लक्षित गरिएको थियो।

यस आक्रमणसँगै इरान–अमेरिका सम्बन्ध पुनः तनावपूर्ण मोडमा पुगेको छ। क्षेत्रीय तथा विश्व शक्तिहरूले अवस्था नबिग्रियोस् भनेर संयमता अपनाउन आग्रह गरिरहेका छन्।

प्रतिक्रिया