मिसाईलहरू मध्यपूर्वतर्फ रूसको तीब्र आक्रमण

aakashbani.com

अमेरिकाले वाचा गरेका २०,००० एन्टि-ड्रोन मिसाइलहरू युक्रेनलाई नपठाई मध्यपूर्वतर्फ डाइभर्ट गरिएको युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आरोप लगाएका छन् ।

जेलेन्स्कीका अनुसार यी मिसाइलहरू युक्रेनको हवाई सुरक्षा सुदृढ गर्नका लागि आवश्यक थिए विशेष गरी रुसले प्रयोग गर्ने ईरानी निर्मित शाहेद ड्रोनहरू विरुद्ध । तर अमेरिकी रक्षा सचिव पिट हेगसेथको आदेशमा यी मिसाइलहरू मध्यपूर्वमा अमेरिकी सेनालाई समर्थन गर्न पठाइएको बताइएको छ। 

रुसले हालै युक्रेनमा ४७९ ड्रोन र २० वटा मिसाइल आक्रमण गरेको छ जसले गर्दा युक्रेनको हवाई सुरक्षा प्रणालीमा थप दबाब परेको छ। 

जेलेन्स्कीले अमेरिकासँगको सहयोगबिना युक्रेनले ठूलो क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका छन्। उनले अमेरिकालाई हवाई सुरक्षा प्रणालीहरू जस्तै प्याट्रियट प्रदान गर्न आग्रह गरेका छन्। 

अमेरिकाको यो निर्णयले युक्रेनमा चिन्ता बढाएको छ, विशेष गरी रुसको आक्रमण तीव्र भइरहेका बेला। जेलेन्स्कीले अमेरिकासँगको सहयोगलाई निरन्तरता दिन आग्रह गरेका छन्।

प्रतिक्रिया