फेरी भयानक विमान दुर्घटनाः

aakashbani.com

अन्तराष्ट्रीयः- आइतबार बेलायतको लन्डन साउथएन्ड विमानस्थलमा भएको एक भीषण विमान दुर्घटनापछि विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ। विमानस्थलका प्रमुख कार्यकारी जुड विन्स्टनलीले पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिनुभएको हो।

दिउँसो ४ बजेसम्मको समयतिर एस्सेक्स प्रहरीले साउथएन्ड-अन-सीको उत्तरतर्फ १२ मिटर लामो विमानमा आगलागी भएको खबर पाएको थियो। डच उडान सेवा प्रदायक कम्पनी Zeusch Aviation को SUZ1 नामक उडान यस दुर्घटनामा संलग्न भएको पुष्टि भएको छ।

विमानले ग्रीसको राजधानी एथेन्सबाट उडान भरेर क्रोएसियाको पुला हुँदै साउथएन्ड पुगेको थियो, र सोही साँझ नेदरल्यान्ड्सको लेलिस्टाड फर्कने कार्यक्रम तय गरिएको थियो।

दुर्घटनाको प्रत्यक्षदर्शी जोन जोनसनका अनुसार विमानले उडान भरेपछि केही सेकेन्डमै अस्वाभाविक ढंगले डाँया मोडियो र उल्टिएर जमिनमा खस्दा ठूलो आगलागी भएको थियो।

उद्धारमा साउथएन्ड, रैले वियर, बासिलडन लगायतका दमकल टोली तथा पूर्वी इङ्ग्ल्याण्ड एम्बुलेन्स सेवाका दर्जनौं उद्धारकर्मी खटिएको थिए। तर, दुर्भाग्यवश विमानमा सवार सबैजनाको मृत्यु भएको पुष्टि गरिएको छ। मृतक सबै विदेशी नागरिक भएको अनुमान गरिएको छ, यद्यपि पहिचान खुलाइएको छैन।

विमान दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान प्रक्रिया जारी रहेको बताईएको  छ।

स्रोत – अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरू

प्रतिक्रिया