काठमाडौं - नेपालमा पछिल्लो समय भूकम्पको गतिविधि बढ्दै गइरहेको छ। आज बिहान ११:५६ बजे कास्की जिल्लाको फुलिबाङ आसपास केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जानकारी दिएको छ।
यसअघि अस्ति मात्रै जाजरकोटको रामीडाँडा आसपास ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो। पछिल्ला दिनमा देशका विभिन्न भागमा स-साना भूकम्पहरू गइरहेका छन्, जसले सन् २०१५ को विनाशकारी भूकम्पको सम्झना दिलाइरहेको छ।
28 May 2025